जेठ ७, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताउनुभएको छ । विपक्षीदलहरुले १४९ सांसदको हस्ताक्षरसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुग्नुभएको छ ।
एमालेका १२१ र जसपाका ३२ सांसद गरी आफूसँग १५३ सांसदको साथ रहेको भन्दै उहाँले संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्नुभएको छ । लगत्तै काँग्रेस सभापति देउवाले पनि प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले पनि भर्खर दाबी प्रस्तुत गरेको बताउदै आफुले कानुनी पक्षहरुसँग सल्लाह गरेर मात्रै अगाडि बढ्ने बताउनुभएको छ ।