जलवायु परिवर्तनले यार्सा उत्पादनमा कमी – Kanika Khabar
Thursday, April 18Nepali News Portal

जलवायु परिवर्तनले यार्सा उत्पादनमा कमी

    मा प्रकाशित

टेकेन्द बोहरा
जेठ ७, बझाङ ।
बझाङमा जलवायु परिवर्तनले यार्सा उत्पादनमा कमी आउने सङ्केत देखिएको छ । यार्सा संकलकहरुका अनुसार एक दिनमा लगभग १०, १२ यार्सा संकलन गर्न सकिने ठाउँमा यसपटक २, ४ ओटा मात्र पाउने गरेको छ ।

यार्सा सङ्कलक शेरबहादुर बोहराले यार्सा पाउन समेत गाह्रो रहेको बताउनुभयो । घरबाट झण्डै ५० हजार रुपैयाँको सामान बोकेर यार्सा संकलन गर्न जाँदा दुई महिनामा सङ्कलन गरेको यार्साबाट जम्मा बीसदेखि तीस हजार मात्र हुन सक्ने अनुमान गरेको बताउनुभयो ।

आर्थिक स्रोतको रुपमा लिईने यार्सा पाउन छोडेपछि जिल्लाको हिमाली क्षेत्रका स्थानीयहरु मर्कामा परेका छन् । हरेक वर्षको चैत अन्तिम सातादेखि भदौको दोस्रो सातासम्म यार्सा संकलनका लागि संकलकहरु हिमाली क्षेत्रतिर जाने गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्