भारतमा कोरोना सङ्क्रमण दर कम हुँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

भारतमा कोरोना सङ्क्रमण दर कम हुँदै

    मा प्रकाशित

एजेन्सी ।
भारतमा कोरोना भाइरसको सङ्क्रमण दर तुलनात्मक रुपमा कम हुँदै गएको छ । बिगतका केही दिन
यता भारतमा सङ्क्रमति हुनेहरुको दर घटिरहेको हो ।

तर पछिल्लो केही दिनयता घट्दो क्रममा रहेको छ । तर मृत्यु हुने दर भने घटेको छैन । पहिले नै सङ्क्रमित भएकाहरुको अवस्था गम्भिर भएका कारणले मृत्यु हुनेहरुको सङ्ख्या नघटेको चिकित्सकहरुले बताएका छन् ।

कोरोना सङ्क्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २ सय ९ जनाको मृत्यु भएको छ भने २ लाख ५९ हजार २६९ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३६५ पुगेको छ ।

भारतमा हालसम्म कुल सङ्क्रमितको संख्या २ करोड ६० लाख ३० हजार नाघेको छ । भारतमा अहिले पनि ३० लाख ३३ हजार बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्