प्रधानमन्त्री ओलीले डाके मध्यरातमा मन्त्रीपरिषद्काे बैठक – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रधानमन्त्री ओलीले डाके मध्यरातमा मन्त्रीपरिषद्काे बैठक

    मा प्रकाशित

जेठ ८, दाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा मन्त्री परिषद्काेे बैठक डाकेका छन् ।

राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हाे ।

मन्त्रिपरिषद् बैठक रातको १२ बजेसम्म बसेको छैन । तर बैठक बोलाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्ति मार्फत् दिएको थियाेे ।

संवैधानिक प्रावधान अनुसार ७६(५) को सरकार गठन हुन नसकेको अवस्थामा अब ओलीले नै ताजा जनादेशका लागि प्रतिनिधि सभाको विघटन सिफारिस गर्न सक्नेछन्।

यसअघि शुक्रबार मध्यरातै  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको निम्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेको दाबी अस्वीकृत गरिदिएकी थिइन्।

दुबैले गरेको दाबीमा आधार नपुगेको भन्दै राष्ट्रपति कार्यालयले मध्यरातमा निर्णय सार्वजनिक गरेको हो।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्