काँग्रेस पदाधिकारी बैठक बस्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काँग्रेस पदाधिकारी बैठक बस्दै

    मा प्रकाशित

जेठ ८, काठमाडौँ ।
प्रतिनिधिसभाको विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएपछिको रणनीतिका बारेमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि काँग्रेसले छलफल गर्न लागेको हो । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान ९ बजेका लागि बोलाइएको बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

 

नेता प्रकाशसरण महतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको कदम र भावी रणनीतिका बारेमा बैठकमा छलफल हुनेछ । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीमा हिजो दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई अस्वीकार गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्