देवचन्द्र भट्ट
जेठ ८, नुवाकोट ।
कोभिड–१९ को सङ्क्रमणवाट नुवाकोटमा संक्रमण हुने र निको हुने वढिरहेका छन् । गत वैशाखदेखि १२ स्थानीय तह रहेको नुवाकोटमा कोरोनाको दोश्रो भेरियण्टका सङ्क्रमितहरु थपिदै गएका छन् ।
नुवाकोटमाहिजो मात्र ६७ जना कोरोनामुक्त भएका छन् । एकै दिन ९५ जना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।पछिल्लो २४ घण्टामा नुवाकोटमा ६७ जना कोरोना सङ्क्रमित कोरोनामुक्त भएको कार्यालय प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोटमा गत महिनाको भन्दा निको हुनेहरु पनि वढिरहेका छन् ।
एक दिनमा एकसय ८० जनाको आरटिपिसिआर परिक्षण गर्दा नुवाकोटका सवै स्थानीय तहमा गरि ९५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।एकै दिन ६७ जना निको भएसंगै कोरोनामुक्त हुनेको संख्या जिल्लामा एकहजार ६ सय २८ जना पुगेको छ ।