भारतको विभिन्न राज्यमा कालो ढुसीलाई महामारी घोषणा गरियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतको विभिन्न राज्यमा कालो ढुसीलाई महामारी घोषणा गरियो

    मा प्रकाशित

एजेन्सी ।
भारतको विभिन्न राज्यमा ब्ल्याक फङ्गसलाई महामारी घोषणा गरिएको छ । भारतको राजधानी दिल्ली, महाराष्ट्र, राजस्थान, उत्तरप्रदेश, गुजरात, झारखण्ड लगायतका विभिन्न राज्यमा कालो ढुसीको सङ्क्रमणको दर बढ्दै गएपछि महामारी घोषणा गरिएको हो ।

भारतमा हालसम्म कालो ढुसीको सङ्क्रमणका कारण ७ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने २ सयभन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा सङ्क्रमण फैलिएको छ ।

भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणपछि निको भएकाहरुमा यो समस्या तीव्र गतिमा फैलिन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । केन्द्र सरकारले पनि यदि कालो ढुसीको सङ्क्रमण नियन्त्रणभन्दा बाहिर गयो भने देशव्यापी रुपमा महामारीको घोषणा गर्ने बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्