कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या लुकाइयो : विश्व स्वाथ्य संगठन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या लुकाइयो : विश्व स्वाथ्य संगठन

    मा प्रकाशित

एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई वा तीन गुणा बढी रहेको बताएको छ । सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ३४ लाख जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार आफ्नो वार्षिक प्रतिवेदनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएको छ । प्रतिवेदनका अनुसार सन् २०२० मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३० लाख बताइए पनि त्योभन्दा १२ लाख बढीको मृत्यु भएको छ । ‘प्रत्यक्ष रूपमा होस या फेरि अप्रत्यक्ष रूपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको तथ्याङ्क वास्तविक मृत्युको तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएको छ । विश्व स्वास्थ्य सङ्गठनकी प्रबन्ध निर्देश समीरा अस्माले वास्तवमा मृत्यु हुनेको तथ्याङ्क दुई वा तीन गुणा धेरै हुन सक्ने भन्दै यो तथ्याङ्क ६० देखि ८० लाख रहेको बताउनुभयो । उहाँले तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्