तुलसीपुर उपमहानगरपालिका–१८ र २ नम्बर वडाले अति विपन्न असहाय तथा असख्तलाई निशुल्क पिसिर टेष्ट – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

तुलसीपुर उपमहानगरपालिका–१८ र २ नम्बर वडाले अति विपन्न असहाय तथा असख्तलाई निशुल्क पिसिर टेष्ट

    मा प्रकाशित

तुलसीपुर,८ बैशाख ।

तुलसीपुर उपमहानगरपालिका–१८ र २ नम्बर वडाले अति विपन्न असहाय तथा असख्तलाई निशुल्क पिसिर टेष्ट गर्ने भएका छन् । १८ नम्बर वडाले एकहप्ता अघिदेखि वडामा पिसिआर टेष्टका लागि स्वाब संकलनको व्यवस्था मिलाएको छ । अति विपन्न र असख्तलाई निशुल्क पिसिआर टेष्टको व्यवस्था मिलाएको र वडासम्म आउन नसक्नेलाई घरमै गएर पनि स्वाब संकलन गर्ने गरेको वडाध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

पिसिआर टेष्टका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रति व्यक्ति एघार सय र तुलसीपुरको अरनिको मैदानमा दुई हजार रुपैयाँ लिने गरिएको छ । कोरोनाको लक्षण देखिएका बिरामीलाई पिसिआर टेष्टका लागि बाहिर जानुपर्दा समय र आर्थिको खर्च हुने भएकाले सहज रुपमा घर अगाडीनै सेवा दिने उद्देश्यले वडाले पिसिआर टेष्टको व्यव्था मिलाएको अध्यक्ष वलीले बताउनुभयो । पिसिआर टेष्टका लागि स्वाबसंकलनको व्यवस्था मिलाउने १८ नम्बर वडा १९ वटा वडा मध्य पहिलो वडा हो ।

यता तुलसीपुर उपमहानगरपालिका –२ का वडाध्यक्ष राजु आचार्यले पनि अति विपन्न र असख्तलाई पिसिआर टेष्ट निशुल्क बनाएको बताउनुभयो । कोरोना संक्रमित बिरामीलाई हेर्ने दृष्टिकोण समाजमा अझै पनि फरक भएका कारण कतिपयले रोक लुकाएर बसेकाले उनिहरुको सहजताका लागि गाउँमा पिसिआर टेष्टका लागि स्वाब संकलनको व्यवस्था मिलाएको अध्यक्ष आचार्यले बताउनुभयो ।

पिसिआर टेष्टका लागि वडाबासीलाई वडामा नाम टिपाउन अध्यक्ष आचार्यले आग्रह गर्नु भएको छ । अति विपन्न र असख्त बाहयक अन्यको हकमा भने शुल्क लाग्ने वडाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्