सरकारले तोकेको समय निर्वाचनका लागि पर्याप्त छः निर्वाचन आयोग – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

सरकारले तोकेको समय निर्वाचनका लागि पर्याप्त छः निर्वाचन आयोग

    मा प्रकाशित

जेठ ८, दाङ ।
निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनका लागि सरकारले तोकेको समय पर्याप्त रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् ।

 

आयोगका पदाधिकारीलाई आज बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गर्नुभएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति तोक्नुभएको छ । निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि एक सय २० कार्य दिन तोकिएको छ । निर्वाचनका लागि गर्नुपर्ने सबै तयारी सकिने भन्ने परिकल्पनाअनुसार १२० कार्य दिन तोकिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्