एमालेले ११ जना सांसदलाई स्पष्टीकरण साेध्ने – Kanika Khabar
Saturday, June 14Nepali News Portal

एमालेले ११ जना सांसदलाई स्पष्टीकरण साेध्ने

    मा प्रकाशित

जेठ ८, दाङ ।

नेकपा एमालेले आफ्ना ११ जना सांसदलाई स्पष्टीकरण साेध्नेे तयारी गरेकाे छ ।

विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे ।

शनिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले आफ्नो दलका नेताविरुद्ध उभिएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।

यी हुन् स्पष्टीकरण सोधिएका ११ सांसद

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण र कलिला खान ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्