प्रतिनिधिसभाको विघटनविरुद्ध उभिन अध्यक्ष प्रचण्डकाे आग्रह – Kanika Khabar
Thursday, April 18Nepali News Portal

प्रतिनिधिसभाको विघटनविरुद्ध उभिन अध्यक्ष प्रचण्डकाे आग्रह

    मा प्रकाशित

काठमाडौं,जेठ ८ ।

नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका १४९ जना सदस्यको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा दाबी गरिएको उल्लेख गर्नुभएको छ ।

संविधानको धारा ७६ ९५० बमोजिम नयाँ प्रधानमन्त्रीा दाबी गर्ने दुवै पक्ष ९केपी शर्मा ओली र देउवाको आधार बलियो नभएको भन्दै आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्र्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको मिति तोक्नुभएको छ ।

अध्यक्ष दाहालले प्रतिनिधिसभाको विघटनविरुद्ध उभिन सबै राजनीतिक दल तथा नागरिक समाजलाई आग्रह गर्दै मुलुक कोरोना महारमारीबाट आक्रान्त भएको अवस्थामा सबैको ध्यान महामारी नियन्त्रणमा हुनेपर्नेमा पनि जोड दिनुभएको छ । यसैगरी विभिन्न राजनीतिक दल सम्बद्ध युवा संगठनले प्रतिनिधिसभाको विघटनको विरोध गरेका छन् ।

राष्ट्रपतिको आव्हानकै आधारमा तोकिएकै समयमा सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेश गरेको भन्दै उनीहरुले सरकारले संवैधानिक संकट निम्त्याएको आरोप लगाएका छन् । विरोध गर्नेमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपालका नरेशकुमार शाहीलगायत छन् ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्