८ अस्पताललाई राधा पौडेल फाउन्डेसनको सहयोग – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

८ अस्पताललाई राधा पौडेल फाउन्डेसनको सहयोग

    मा प्रकाशित

जेठ ९, काठमाडौँ ।
नोबल कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सङ्क्रमितको उपचारका लागि राधा पौडेल फाउन्डेसनले काठमाडौँ उपत्यका बाहिरका ८ अस्पतालका लागि विद्युतबाट अक्सिजन दिन सक्ने मेसिनसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

फाउन्डेसनले बिभिन्न अप्ठ्यारोमा रहेका ८ सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा करिब २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको निर्देशक राधा पौडेलले जानकारी दिनुभयो ।

संसारभर छरिएका मनकारीहरूसँग हातेमालो गर्दै सहयोग जुटाएर अस्पतालहरुलाई सामग्री पठाएको उहाँको भनाइ छ । फाण्डेसनले नागरिक कोभिड अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज, माडी अस्पताल चितवन, परासी अस्पताल नवलपरासी पश्चिम, गजुरी स्वास्थ्य केन्द्र धादिङ, नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्ज, आँपपीलल अस्पताल गोरखा र जौबारी स्वास्थ्य केन्द्र गोरखालाई सहयोग गरेको हो ।

फाउन्डेसनले मर्यादित महिनाबारी सञ्जालका संसारभर नै छरिएर रहेका अभियन्ताहरूबाट सहयोग सङ्कलन गरेको थियो । फाण्डेसनले चीनबाट खरिद गरेको २० थान अक्सिजन कन्सन्ट्रेटरसहित पल्स अक्सिमिटर १०० थान, पीपीई १०० थान, फेस सिल्ड १००० थान, महिनावारी प्याड ९२० थान र मास्क ५००० थान लगायतका स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।

अस्पतालहरूमा बेड, अक्सिजन, भेन्टिलेटर र औषधिको अभावका कारण सङ्क्रमितहरू उपचार नपाएर ज्यान गुमाउनुपरेको अवस्थामा अभियान जारी रहने पनि फाण्डेसनले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्