हुम्ला अस्पतालमा पाँच ५ सय एन्टिजेन किट पुग्यो, परीक्षणको दायरा बढाइँदै – Kanika Khabar
Monday, April 21Nepali News Portal

हुम्ला अस्पतालमा पाँच ५ सय एन्टिजेन किट पुग्यो, परीक्षणको दायरा बढाइँदै

    मा प्रकाशित

जेठ ९, हुम्ला ।
कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि जिल्ला अस्पताल हुम्लाले परीक्षण्को दायरा बढाउन थप पाँच सय एन्टिजेन किट खरिद गरेको छ ।

 

किटको अभावका स्थानीयस्तरमा परीक्षणको दायरा साँधुरिएको बेला जिल्ला अस्पताल हुम्लाले खरिद गरेको किट सिमकोट ल्याइपु¥याएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रमबहादुर सिंहले जानकारी दिनुभयो । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को ५ लाख रुपैयाँ बरावर रकमले खरिद गरेको किट हवाइ मार्गबाट आज (शनिबार) सिमकोट पुगेको प्रमुख सिंहले बताउनुभयो ।

 

किट अभावमा जिल्लाभर कोरोना परीक्षणको दायरा निकै साँघुरिएकाले सङ्क्रमणको अवस्था थाहा नभएको अवस्थामा डिसिसिएमसीको निर्णय अनुसार खरिद गरिएको किट पुगेपछि अब गाउँतहसम्म परीक्षण गरिने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ती फडेराले जानकारी दिनुभयो ।

 

किट अभावमा जिल्लाका सातवटै स्थानीय तहमा गरिएको नमूना जाँचका क्रममा एक सय जनामा कोरोना पुष्टि भएपछि डिसिएिमसीले आफैले किट खरिद गरेर परीक्षणको दायारलाई फारकिलो बनाउने निर्णय गरेको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गाणेश आचार्यले जानकारी दिनुयभो । किट पुगेसँगै जनस्वास्थ्य कार्यालयले स्थानीय तहमा कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्