मुख्यमन्त्रीका स्टाटसले भाव विह्वल भए शिशिर – Kanika Khabar
Monday, March 17Nepali News Portal

मुख्यमन्त्रीका स्टाटसले भाव विह्वल भए शिशिर

    मा प्रकाशित

माननीय मुख्यमन्त्री ज्यू,

लुम्बिनी प्रदेश ।
खै कहाबाट शुरु गरूँ?मन गर्हुङगो भएपछि खोल्न पनि गार्हो हुँदोरहेछ।
मर्ने बाँच्ने टुङ्गो छैन। घरभित्र थुनिएर बस्नु परेको छ। गाँउ सहर मसानघाट जस्तो छ। निस्पट्ट। जोहो गरेको रक़म सकियो। व्यवसाय बन्द छन्। बैंकको ऋण ब्याज बढेको बढ्यै छ। बिरामी छटपटाएका छन्। हस्पिटलले बेड छैन भन्छ। अक्सिजन हाहकार छ। भियाक्सिनले अलि खतरा कम गर्छ भनेको सुनिन्छ सरकारले ब्यबस्था गर्न सकेको छैन। यस्तो भयवित भएर त्रसित भएर बाँचेको बेला चुनाबको घोषणा भएको छ अरे। चारैतिर निरासाले भरिएको बेला कसरी चुनाव आयो भनेर खुसी हुन सकिन्छ मुख्यमन्त्री ज्यू। यसो बिचार गर्नुस त।

नेताहरुको स्वार्थ अनेक होलान। यो अबस्थामा नारा जुलुस कसैले लगाउछ भीड जम्मा गर्न प्रेरित गर्छ भने त्यो सरासर गलत हो।
तपाईंका स्टाटस पढ्ने गर्छु लुम्बिनीमा महामारी अन्त्य भएको आभास हुन्छ तर बाहिर अबस्था ज्यूँकाे त्यूँ छ ।
आम जनता राहतको आशा गरेका छन् महमारीसँग बच्न र आफ्ना परिवार इष्ट मित्रसँग बिछोडिन नपरोस् भनेर कामना गरेर बसेका छन्।
आउनुहोस् एक पटक हस्पिटलहरुको निरीक्षण गरिदिनुस्। जिल्ला प्रशासन कार्यालयमा पास लिने र अक्सिजन माग गर्नेको भीडको समीक्षा गरिदिनुस्। तपाईंको प्रदेशमा रहेका जिल्ला, पालिका र वडाहरुको अवस्था बुझेर सकेसम्म बजेट पुग्छ भने सहयोग गर्नुस् नभए सहानुभूति दिए पनि हल्का महसुस हुन्छ। तपाईंलाई सिङ्गो प्रदेशले अभिभावक मानेको छ। प्रदेशका सबै जनता तपाईंको परिवार हो। हामी सबै तपाईंका हितैषी हौं।
अहिलेको समय घोचपेच गरेर बस्ने समय हो जस्तो लाग्दैन। सामाजिक सञ्जालहरुमा नानाथरी आलोचना देख्दा सुन्दा नरमाइलो लाग्दोरहेछ।
राष्ट्रिय राजनीतिबाट टाढा हुन त तपाईंको छवीले दिदैन तर समय मिलाएर आफ्नो प्रदेशका जनतासँग हातेमालो गर्नुस। आउनुहोस कमसेकम फर्केर त हेर्नुस।
धेरै लेखिन छिट्टै हस्पिटलहरुमा निरीक्षण गरेर थन्केर बसेका आई सि यु र भेन्टिलेटर सुचारु गर्न पहलभएका र हस्पिटलहरूमा यथाशीघ्र  अक्सिजन प्लान्ट स्थापना गरेका समाचार सुन्न र देख्न पाइने ब्यग्र प्रतीक्षामा रहनेछु धन्यवाद।

शिशिर अधिकारी 

घाेराही १५, दाङ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्