दाङमा अवैध क्रसर बन्द गर्न प्रशासनको निर्देशन – Kanika Khabar
Friday, May 23Nepali News Portal

दाङमा अवैध क्रसर बन्द गर्न प्रशासनको निर्देशन

    मा प्रकाशित

जेठ ९, दाङ ।

जिल्ला प्रशासन कार्यालय दाङले कानून विपरीत सञ्चालनमा रहेका १० वटा क्रसर उद्योगलाई बैंक खाता र कारोबार रक्का गर्ने चेतावनी दिँदै तत्काल काम बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज विज्ञप्ति जारी गर्दै गत मंसिरमा नै क्रसर उद्योग बन्द गर्न निर्देशन दिइसकेको भन्दै अझै सञ्चालनमा रहेको पाइए विद्युत,खानेपानी लगायतका सेवा सुविधा बन्द गरिनुका साथै उद्योग र सञ्चालक समेतको बैंक खाता र कारोबार लगायत कामहरु रोक्का गरिने प्रशासनले चेतावनी दिएको छ । जिल्ला प्रशासनले अनुमति नलिएर १० वटा उद्योगहरु सञ्चालनमा रहेको बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्