प्रतिनिभिसभा विघटन विरुद्ध भोलि रिट, आज मस्यौदा तयार – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रतिनिभिसभा विघटन विरुद्ध भोलि रिट, आज मस्यौदा तयार

    मा प्रकाशित

जेठ ९, दाङ ।
प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलहरुले भाृलि सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । विपक्षी दलहरूको गठबन्धन आज आइतवार रिटको मस्यौदा तयार भए पनि केही सांसदको हस्ताक्षर र कागजात जुटाउन ढिला भएकाले भोलि सोमवार सर्वोच्चमा रिट दर्ता गरिने बताएका छन् ।
भोलि सोमबार सर्वोच्च अदालतमा रिट दायर गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

उनले संसद् विघटनको विरुद्धमा १ सय ४९ भन्दा धेरै सांसद साथ दिन तयार भएको र भोलिसम्म यो सङ्ख्या अझै थपिने बताए । सांसदहरूको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजात सङ्कलन गरिएको र भोलि बहुमत सदस्य आफैँ सर्वोच्चमा उपस्थित भएर रिट दायर गर्ने प्रचण्डको भनाइ छ ।

विघटनविरुद्ध सर्वोच्च जाने सांसदमध्ये १९ जना नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद रहेका छन् । भोलिसम्म आफू पक्षका ३० जना सांसदले हस्ताक्षर गर्ने सम्भावना रहेको नेपाल पक्षका नेताहरूले बताएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र–बावुराम पक्ष र जनमोर्चाले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्