धन्यवाद स्वास्थ्यकर्मी अफर : देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा – Kanika Khabar
Friday, April 19Nepali News Portal

धन्यवाद स्वास्थ्यकर्मी अफर : देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा

    मा प्रकाशित

जेठ ९, दाङ ।
कोरोना महामारीको बेला नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ । फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी अफर अन्तर्गत एक महिना सित्तैमा भ्वाइस कल सेवा दिने भएको हो ।

आज आइतबार नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद/नेपाल नर्सिङ परिषद्ने/पाल फर्मासिस्ट परिषद्/ नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदबीच सम्झौता भएको छ ।

 

यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीले प्रयोग गरिरहनुभएको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्ट पेड\प्रिपेड सिम कार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ र स्वास्थ्यकर्मीले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्ट पेड मोबाइलको हकमा भने नियमअनुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ ।

स्वास्थ्यकर्मीको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरू (नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपछि यो अफर उपलब्ध गराइने छ ।

स्वास्थ्यकर्मीको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिम कार्ड नहुने स्वास्थ्यकर्मीले नयाँ सिम कार्ड लिनका लागि सम्बन्धित परिषद्को आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ अथवा स्वास्थ्यकर्मीको सम्बन्धित परिषद्को परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमअनुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्