दुई वर्षदेखि संसदमा छलफलमा रहेकाे नागरिकता सम्बन्धि अध्यादेश जारी – Kanika Khabar
Friday, March 29Nepali News Portal

दुई वर्षदेखि संसदमा छलफलमा रहेकाे नागरिकता सम्बन्धि अध्यादेश जारी

    मा प्रकाशित

दाङ, ९ जेठ

आज आइतबार नागरिकता सम्बन्धि अध्यादेश जारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

दुई वर्षभन्दा पहिलेदेखि नागरिकतासम्बन्धी विधेयक संसदमा छलफलको क्रममा रहेपनि सरकारले संसद भंग गरेपछि अध्यादेश ल्याएको हो ।

मधेस केन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएको र त्यसै अनुरूप अध्यादेश आएको बुझिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्