स्वास्थ्यमन्त्रीद्धारा तुलसीपुर मेट्रो अस्पतालको अनुगमण – Kanika Khabar
Friday, April 19Nepali News Portal

स्वास्थ्यमन्त्रीद्धारा तुलसीपुर मेट्रो अस्पतालको अनुगमण

    मा प्रकाशित

ओपेन्द्र बस्नेत

तुलसीपुर, ९ जेठ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत रहेको तुलसीपुर मेट्रो अस्पताल को अनुगमण गर्नुभएको छ । तुलसीपुर उपमहागनरपालिका–८ अस्वारामा रहेको अस्पतालमा पुगेर मन्त्री श्रेष्ठले भौतिक अवस्था, स्वास्थ्य उपकरण र उपचारत कोरोना संक्रमित बिरामीको अवस्थाको विषयमा जानकारी लिनु भएको थियो ।

निर्माणाधिन अस्पताललाई द्रुत गतिमा व्यवस्थापन गरेर नागरिकको उपचारमा खट्नु प्रसंशनिय कार्य भएको भन्दै मन्त्री श्रेष्ठले अस्पतालको विकासमा सहयोग गर्ने बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले पिसिआर परीक्षण मेसिन, एक्सरे , भिडियो एक्सरे र अत्याधुनिक ल्यावको अभावमा सोचे अनुसार नागरिकलाई सेवा दिन नसकिएकाले यसको व्यवस्थापनका लागि मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको थियो ।

तुलसीपुर मेट्रो अस्पताल

यसैगरी मन्त्री श्रेष्ठले प्रादेशिक अस्पताल तुलसीपुर, प्रादेशिक आयुर्वेद औषधालय विजौरी र कोरोना विशेष अस्पताल बेलझुण्डीको अनुगमण तथा निरीक्षण गर्नुभएको छ । बेलझुण्डीमा कोरोना संक्रमित बिरामीका आफन्तहरुले मन्त्री श्रेष्ठसंग बिरामीलाई भेट्न पाउनु पर्ने माग राखेका थिए । अस्पतालमा पु¥याएपछि आफन्तले बिरामीलाई भेट्न नपाएको गुनासो गर्दै सुरक्षा सामग्री प्रयोग गरेर आफन्तलाई भेट्ने वातावरणको सुनिश्चितता गरिदिनुपर्ने माग उनिहरुले गरे ।

कोरोना विशेष अस्पताल बेलझुण्डी

अनुगमणपछि राप्ती प्रादेशिक अस्पतालमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अक्सिजन प्लान्टका लागि संघिय सरकारबाट विनियोजित डेढ करोड बजेटलाई एथासिघ्र कार्यान्वन गर्नुपर्ने बताउनुभयो । कोभिड केन्द्रित योजना बनाएर नागरिकको ज्यान बचाउन तर्फ लाग्न निर्देशन दिनुभयो । सरकारको तत्कालको काम अहिले कोभिड नियन्त्रण भएकाले तत्कालको कामलाई सम्बोधन गर्नेगरी काम गर्न अस्पताल विकास समिति र चिकित्सकलाई निर्देशन दिनुभयो ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले हाल भइरहेको डाइलासिस मेसिनबाट २२ जनाले सेवा लिइरहेको र ३१ जना लाइमा बसेकाले थप डाइलासिस मेसिनको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । त्यसैगरी डा. सिंहले फोहर व्यवस्थापन मेसिन, आईसियू र जनशक्ति अभावका विषयमा पनि जानकारी गराउनु भएको थियो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर 

अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वुटलका सचिव डा. विकास देवकोटा, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य, कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण बहादुर वली, तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने लगाएतले आ–आफना धाराना राख्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्