आज प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्चमा जाँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्चमा जाँदै

    मा प्रकाशित

जेठ १०, काठमाडौँ ।
प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको घोषणाविरुद्ध विपक्षी दलहरू आज रिट लिएर सर्वोच्च अदालत जाने भएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै रिट दायर गर्न लागेका हुन् ।

हिजो नै रिट लिएर जाने तयारी भए पनि नभ्याइएको जानकारी दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ११ बजे विपक्षी गठबन्धनमा रहेका सबै सांसद सर्वोच्चमा जान लागेको बताउनुभयो ।

विपक्षी मोर्चाले १सय४९ भन्दा धेरै सांसद सर्वोच्च जाने दावी गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटनको घोषणा गत शनिबार बिहान गर्नुभएको थियो । मध्यावधि निर्वाचनका लागि चुनावको मिति घोषणा गरिएपछि यो असंवैधानिक भन्दै विपक्षी मोर्चा असन्तुष्ट छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्