पर्वतमा अहिलेसम्म ३०८ जना सङ्क्रमणमुक्त – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

पर्वतमा अहिलेसम्म ३०८ जना सङ्क्रमणमुक्त

    मा प्रकाशित

रोशन तिवारी
जेठ १०, पर्वत ।
पर्वतमा ३ सय ८ जना दोस्रो लहरको कोरोना सङ्क्रमण बाट मुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार हिजोसम्म १ सय७६ पुरुष र १ सय ३२ जना महिला कोरोनामुक्त भएका हुन् ।

 

हिजो १सय५६ जना कोरोनामुक्त भए । धेरै जसो होम आईसोलेसनमा बसेरै सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिृकत प्रविण भण्डारीले जानकारी दिनुभयो । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको संख्या ४ सय ४२ रहेको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने ३४ जना पुगेका छन् । कुश्मा नगरपालिका र जलजला गाउँपालिकामा सङ्क्रमितहरु धेरै रहेका छन् । सबैभन्दा कम मोदी गाउँपालिका र पैयुँ गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्