केवलकार दुर्घटना हुँदा एक बच्चासहित १४ जनाको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

केवलकार दुर्घटना हुँदा एक बच्चासहित १४ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
इटालीको उत्तरी क्षेत्र स्थित माजोरे ताल नजिकैको पहाडमा केवलकार दुर्घटना हुँदा कम्तिमा१४ जनाको मृत्युभएको छ । स्ट्रेसा बजारबाट यात्रुलाई पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो । केवलकार वन क्षेत्रमा काटिएका रुखमाथि खसेको हो ।

ज्यान गुमाउनेमा पाँचजना इजारायली रहेका छन् ।पाँच र ९ वर्षका दुई बच्चालाई विमानबाट उद्धार गरी तुरिनस्थित अस्पताल लगिए पनि ९ वर्षको बच्चाको च्यान गएको हो । केवलकार झण्डै २० मिटर तल जमिनमा खसेर ओरालोमा गुड्किएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्