स्कुल अफ डेमोक्रेसी नेपालले प्रतिगमनको बिरुद्ध अखण्ड अभियान सञ्चालन गर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्कुल अफ डेमोक्रेसी नेपालले प्रतिगमनको बिरुद्ध अखण्ड अभियान सञ्चालन गर्ने

    मा प्रकाशित

जेेठ १०, दाङ ।
स्कुल अफ डेमोक्रेसी नेपालले सरकारले चालेको प्रतिगमन कार्य र कोरोना महामारी बिरुद्ध देश ब्यापीरुपमा अखन्ड अभियान सचालन गर्ने भएको छ ।

कार्यक्रम केन्द्र प्रदेश र जिल्ला तहमा गरी तिनै तहमा दैनिक रुपमा सचालन गरिने स्कुल अफ डेमोक्रेसी नेपालका अध्यक्ष नैनसिह महरले जानकारी दिनुभयो । कार्यक्रम अन्र्तगत स्थानिय तहमा कोभिडले आम नागरिकमा पारेको असर प्रभाब तथा त्यसले जनमानसमा श्रृजना गरेको चुनौतिको बारेमा अभियान केन्द्रित रहने छ भने प्रदेश स्तरमा कोभिडका लागि निर्माण गरिएका प्रादेशिक संरचना , त्यसको ब्यबस्थापन तथा बिरामीको पहुच र कोभिड माहामारीबाट प्रदेश स्तरमा परेको प्रभाब सगै राष्ट्रपतिले चालेको अलोकतान्त्रिक कदमको बिरुद्धमा पनी अभियान केन्द्रित हुने छ ।

केन्द्रीय स्तरबाट प्रमुख राष्ट्रिय मुद्धाहरु उठान गरि तल्लो तहका नागरिकहरु सम्मलाई जागरुक र सचेतना पु¥याउने खालको अभियान सचालन गरिने अध्यक्ष महरले जानकारी दिनुभएको छ ।स्कुल अफ डेमोक्रेसी नेपालका सस्थापक अध्यक्ष तथा पुर्ब मन्त्री मिन बिश्वकर्माले र्बतमान अबस्थामा स्कुल अफ डेमोक्रेसीले पार्टि भन्दा बाहिर र समाज भन्दा माथि उठेर लोकतन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा खुलेर खबरदारी गर्न आबश्यक रहेको बताउनुभयो । सरकारको लापरबाहीका कारण जनताले कोरोनको महाब्याधिबाट ज्यान गुमाईरहेको बेला देशका प्रधानमन्त्रि केपि शर्मा वलीले शुक्रबार मध्यरातमा ससद बिघटन गरि सघिय लोकतान्त्रिक गणतन्त्रलाई धमिल्याउने काम गरेको आरोप लगाउनुभयो । पूर्वमन्त्री समेत रहेका बिश्वकर्माले कम्युनिष्टका  ल्याउन जरुरीरहेको बिचार ब्यक्त गर्नुभयो । सो अबसरमा स्कुल अफ डेमोक्रेसी नेपालमा आबद भएका जिल्ला शाखा, प्रदेश तथाक केन्द्रका पदाधिकारीको सहभागिता रहेको थिष्यो । कार्यक्रम जुम मार्फत गरिएको थियो । । स्कुल अफ डेमोक्रेसीले जुम मार्फत सचालन गर्ने अखन्ड अभियानमा स्थानिय प्रदेश र सघ गरी तिन तहबाट दैनिक ५सय जना प्रत्यक्ष जोडिन सक्ने गरी कार्यक्रम तय भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्