नारायणपुर उद्योग वाणिज्य संघबाट कोरोना अस्पताल बेलझुण्डीलाई २५ अक्सिजन सिलिन्डर हस्तान्तरण – Kanika Khabar
Friday, March 29Nepali News Portal

नारायणपुर उद्योग वाणिज्य संघबाट कोरोना अस्पताल बेलझुण्डीलाई २५ अक्सिजन सिलिन्डर हस्तान्तरण

    मा प्रकाशित

जेठ १० दाङ ।
नारायणपुर उद्योग वाणिज्य संघले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताललाई २५ अक्सिजन सिलिन्डर हस्तातरण गरेको छ ।
कोरोना महामारी बढ्दै गएको अवस्था र जिल्लामा अक्सिजन अभाव चरम रहेको बेला अक्सिजन उपलब्धतामा केही सहज गराउन संघले २५ वटा अक्सिजिन सिलिन्डर उपलब्ध गराएको हो ।

No description available.

आज सोमबार संघले अस्पतालका व्यवस्थापक दोर्ण वलीलाई सिलिन्डर हस्तान्तरण गरेको हो । ‘बिरामीको चाप बढ्दो छ, अस्पतालमा अक्सिजनको अभाव रहेको छ । एकातिर बिरामी रोगसँग लड्न परिरहेको छ भने अर्कोतिर अक्सिजनको अभावमा छटपटाइरहन परेको अवस्था छ । यस्तो परिस्थितिमा केही सहजता होस् भन्नका लागि अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराएका हौँ ।’ संघका अध्यक्ष अभियान बस्नेतले भने । उनले थपे,‘हामीले नेपालगञ्जबाट सिलिन्डर रिफिल गराएर अस्पताललाई उपलब्ध गराएका छौँ, यसको व्उवस्थापनमा दाङ उद्ययोग वाणिज्य संघले सघाएको छ । अहिले दाङमा अक्सिजन व्यवस्थापनका लागि दाङ उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नारायणपुर उद्योग वाणिज्य संघलाई अक्सिजन उपलब्ध गराउनका लागि दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले पनि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उद्योग वाणिज्य संघले लिएको नेतृत्वदायी भूमिकामा हामी जोडिएका छौँ । आगामी दिनमा पनि अस्पतालमा रहेकोे अभावलाई न्यूनीकरण गर्नमा निरुन्तर लागिरहने छौँ ।’

पछिल्लो समयमा संघले कोभिड महामारी व्यवस्थापन कोष सञ्चालन गर्दै आएको छ । नारायणपुर क्षेत्रमा अटो एम्बुलेन्स समेत स१चालन गरेको संघले नारायणपुर क्षेत्रका विभिन्न पाँच स्थानमा हातधुने साबुन पानीको व्यवस्था गर्दै आएको छ । सामाजिक अभियानमा सक्रिय रहँदै आएको संघले कोरोना महामारीलाई न्यूनीकरण गर्न विशेष पहल गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्