अबको चौथों हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्ने – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

अबको चौथों हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्ने

    मा प्रकाशित

जेठ १०, दाङ ।
सरकारले आउने चौथों हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताएको छ । पछिल्लो समय औसतमा ८ हजारका दरले कोरोना सङ्क्रमित थपिए पनि आउने चौंथो हप्तादेखि नेपालमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताइएको हो ।

कोभिड–१९ सङ्क्रमण व्यवस्थापन सम्बन्धमा आज आयोजित भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले हाल नेपालमा कोरोना सङ्क्रमणको दर ८ हजार रहे पनि आउने चौंथो हप्तादेखि सङ्क्रमण दर घट्दै जाने दावी गर्नुभयो ।

 

उहाँले नेपालका विभिन्न जिल्लामा जारी निषेधाज्ञा र सरकारले कोरोना परीक्षण द्रूत गतिमा भइरहेको हुँदा आउने दिनमा कोरोना सङ्क्रमणको दर घट्दै जाने बताउनुभयो । मन्त्री त्रिपाठीले हालसम्म नेपालमा झन्डै २ अर्ब बराबरको स्वास्थ्य सामग्री सहयोग आएको भन्दै खोप खरिदका लागि विभिन्न मुलुकसँग पहल र छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्