कोरोना महामारी नियन्त्रण गर्न चिकित्सक सहितको हेल्प डेस्क सञ्चालनमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोना महामारी नियन्त्रण गर्न चिकित्सक सहितको हेल्प डेस्क सञ्चालनमा

    मा प्रकाशित

परशुराम अधिकारी
जेठ १०, पोखरा ।
कोरोना नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले पोखरा २५ हेमजामा स्थापित कोरोना महामारी नियन्त्रण समन्व समितिले होम आइसोलेसनमा बस्नु भएकाहरुको मनोबल उच्च राख्न, स्वास्थ्य परामर्श दिन र आवश्यकता अनुसार उपचारको प्रक्रिया अगाडी बढाउन चिकित्सक, नर्स, एम्बुलेन्स सेवा सहितको हेल्प डेस्क सञ्चालन गरेको छ ।

स्वास्थ्यकर्मी मार्फत बिरामीहरुको स्वास्थ अवस्थाका बारेमा जानकारी लिन र सोको अभिलेख राख्ने काम सुरु भएको छ । बिरामीलाई यथार्थ विवरण दिन र सहजीकरण गर्न हेल्प डेस्क संचालनमा ल्याइएको हो ।

 

चिकित्सक, नर्स, एम्बुलेन्स सेवा सहितको हेल्प डेस्क संचालन गरी नेपाल हेल्थ क्रप्स र कोरोना महामारी नियन्त्रण समन्वय समिति बिच दैनिक ६ घण्टा डाक्टरी सेवा र बेलुका ५ बजे देखि ७ बजेसम्म बिशेषज्ञ सहितको टेली मेडिसिन सेवा दिने गरी सम्झौता गरिएको सचिवालय सदस्य बिजय पौडेलले जानकारी दिनुभयो । कोरोना महामारी नियन्त्रण समन्वय समितिका सयोजक मोतिराज तिम्सिनाले अति आवश्यक काम बाहेक घर बाहिर नजान , स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र सजग रहनुहुन पनि सम्पुर्ण वडाबासीहरुलाई अनुरोध गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्