गोरखाको आरुघाट क्षेत्रबाट सालकको उद्धार – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गोरखाको आरुघाट क्षेत्रबाट सालकको उद्धार

    मा प्रकाशित

गोरखा, जेठ ११  ।

गोरखाको आरुघाट क्षेत्रबाट सोमबार सालकको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ९ स्थित आरुघाट पुल नजिकैबाट सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेललले जानकारी दिनुभयो ।

स्थानीयवासीले सालक भेटिएको जानकारी दिएपछि वन कार्यालय र इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको प्रहरीको संयुक्त टोलीले सालकको उद्धार गरेको उहाँले बताउनुभयो । उद्धार गरिएको सालकलाई गोरखा नगरपालिका–८ स्थित लुदी दामगाढे सामुदायिक वन क्षेत्रमा छाडिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उक्त सामुदायिक वन क्षेत्र सालकको राम्रो बासस्थान क्षेत्र भएकाले सो क्षेत्रमा लगेर छोडिएको उहाँको भनाइ छ ।

गोरखा नगरपालिका क्षेत्रमा यसअघि पनि पटकपटक सालक भेटिएको भए पनि आरुघाट क्षेत्रमा पहिलोपटक फेला परेको वन कार्यालयले जनाएको छ । सालक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित वन्यजन्तुको सूचीमा पर्ने उहाँले बताउनुभयो ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्