आज अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने

    मा प्रकाशित

जेठ ११, दाङ ।
आज देशभरका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण मौसम बदली हुने भएको हो ।

 

अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । प्रदेश १, प्रदेश २, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल चक्रवात यासमा परिणत भसकेको र यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुनेछ । भोलिसम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको मौसमविदले बताएका छन् । उक्त चक्रवातको केही असर नेपालमा पर्ने सम्भावना रहेकोले सबैलाई सजग रहन पनि मौसमविदले आग्रह गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्