गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण – Kanika Khabar
Saturday, June 14Nepali News Portal

गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण

    मा प्रकाशित

देवचन्द्र भट्ट
जेठ ११, नुवाकोट ।
महामारीको रुपमा रहेको कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न नुवाकोटको पन्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

 

माल्टेजर इन्टरनेशनलको सहयोग तथा ग्रामीण स्बावलम्बन विकास केन्द्रको आयोजनामा गाउँपालिकालाई कोरोना सङ्क्रमण रोकथामकाको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

 

गाउँपालिकामा कोरोना सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि निर्माण गर्न लागिएको आईसोलेशन केन्द्रलाई आवस्यक सामग्री वितरण गरिएको हो ।

 

वितरण गरिएका सामग्रीहरुमा १० थान अक्सिमिटर, ३० थान पिपिई सेट, ३० थान ईक्जामिनेशन ग्वोब्स, ३ थान प्याटेण्ट मोनिटर, ५० लिटर सेनिटाइजर, भिटिएम ५ सय थान रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्