नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप १६९ जनाको मृत्यु – Kanika Khabar
Thursday, June 19Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप १६९ जनाको मृत्यु

    मा प्रकाशित

जेठ ११, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पीसीआर परीक्षणमा ८ हजार ३८७ र ६३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४९ जना गरी कुल ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्