प्रतिनिधिसभा बिरुद्धको रिट निवेदनहरुमा बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रतिनिधिसभा बिरुद्धको रिट निवेदनहरुमा बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने

    मा प्रकाशित

जेठ ११, काठमाडौँ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका अनुसार, संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ ।

सांसदहरुले सोझै संवैधानिक इजलासमा निवेदन दिएकाले उनीहरुको निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले पर्सि बिहीबार एकल इजलासमा सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीशले आफू वा जो कोही एकजना न्यायाधीशका लागि तोक्न सक्नुहुनेछ । शुक्रबारको सुनुवाइ भने ५ सदस्यीय संवैधानिक इजलासमा नै हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो । संसद विघटन असंवैधानिक र धारा ७६ को ५अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्