इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज इराक जाँदै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज इराक जाँदै

    मा प्रकाशित

एजेन्सी ।
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज इराकका लागि प्रस्थान गर्दैछ।अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने जनाएको छ ।नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ ।

 

नेपाली टिम राति १० बजे इराक प्रस्थान गर्ने छन् ।इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ ।नेपालले जेठ १५ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले गत मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गर्नुभएको थियो ।प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गर्नुभएको छ ।

 

नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् भने सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन्

।नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्