दाङमा अक्सिजन अभाव नहाेस् भन्नेमा हामी निरन्तर क्रियाशील छाैँ : अध्यक्ष बुढाथोकी – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङमा अक्सिजन अभाव नहाेस् भन्नेमा हामी निरन्तर क्रियाशील छाैँ : अध्यक्ष बुढाथोकी

    मा प्रकाशित

कनिका खबर

जेठ ११, दाङ ।

काेराेना सङ्क्रमणकाे दाेस्राे लहरमा मुलुकभर अक्सिजनकाे चरम अभाव देखिएकाे छ । दाङ जिल्लामा पनि अक्सिजनकाे चरम अभाव कायम नै छ । अक्सिजनकाे अभावलाई आपूर्ति गर्न दाङ जिल्ला उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाे छ ।

हालसम्म दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न अस्पतालहरुमा ९ सय ८२ अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।
कोभिड १९ का विरामीहरु अक्सिजन नपाएको कारण मृत्यु हुन थालेपछि आमनागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई मनन गरी संघले अक्सिजनको लागि अभियान सञ्चालन गरेको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिएका छन् । उनले भने, `विशेष गरी काेराेना सङ्क्रमितका बिरामीहरूलाई अक्सिजनकाे आवश्यकता पर्न थालेपछि हामीले अभियान थालेका हाैँ । अक्सिजनकाे अभावमा विरामीले ज्यान गुमाउन थालेका समाचार बाहिरिदा राज्यको मुख नताकी सामाजिक अभियानमा संस्थागत रूपमा हामी जाेडिन थालेका हाैँ । हामी सकेसम्म दाङका अस्पतालमा अक्सिजन अभाव नहाेस् भन्ने मनसायका साथ अभियानमा क्रियाशील रहेका छाैँ ।´

 

अक्सिजन उपलब्ध गराउनका लागि १ हजार अभियान सञ्चालन गरिएको थियो । जुन अभियान अहिले पनि जारी रहेको अध्यक्ष वुढाथोकी बताए । संघले थालेको अभियानमा उद्योगी, व्यवसायी, समाजसेवा गर्न चाहने व्यक्तिहरुको सहयोग रहेको उनको भनाइ रहेको छ । सबैको सहयोगले नै यस प्रकारको अभियान अगाडि बढाइएको उनले बताएका छन् ।

अभियान अन्तरगत दाताहरुबाट सङ्कलित रकमबाट देशका विभिन्न स्थान तथा विरगन्ज, भैरहवा, सुनसरी, पोखरा, नेपालगञ्ज लगायतका स्थानबाट आज मंगलबार बिहानसम्म ९ सय ८२ थान अक्सिजन सिलिन्डर वितरण गरिएको र जसमा ५० थान नया सिलिन्डर भित्र्याइएको, ९३२ थान रिफिल गरेर ल्याएर वितरण गरिएको जस अन्तरगत १०० थान संघकै रकमबाट र अन्य रिफिल गर्ने र विभिन्न ठाउँबाट दाङसम्म ल्याउने ढुवानी खर्च अभियानमा संकलन भएको रकमबाट निरन्तरता दिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।
यसरी ल्याएका अक्सिजनका सिलिन्डरहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान , कोरोना विशेष अस्पताल बेलझुण्डी लमही अस्पताल घोराहीको गायत्री अस्पताल, गोर्खा अस्पताल, दिपज्योति अस्पताल र विभिन्न बिरामीहरुको अबस्था हेरेर विभिन्न ठाउँमा रिफर भएर जाने बिरामीहरुलाइ हस्तान्तरण गरिएको महासचिव बुढाथोकीले बताए ।

यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण दाताहरु र अभियानमा दिन रात नभनी आफ्नो स्वास्थ्यको प्रवाह नगरी खटने संघका कार्य समिति संघका पूर्व अध्यक्ष निवर्तमान अध्यक्ष, अभियन्ताहरू विभिन्न जिल्लाहरुमा समन्वयकारी भुमिका निर्बाह गरिदिनु हुने जिल्ला, नगर उद्याेग वाणिज्य संघका अध्यक्ष, सरकारी निकायका प्रमुखहरु साथै ढुवानीमा सहजता प्रदान गर्नु हुने गाडी धनी तथा गाडी स्टापहरुलाई संघले हार्दिक धन्यबाद तथा आभार प्रकट गरेको महासचिव वुढाथोकीले बताए।

`जिल्लामा अक्सिजनकाे अभाव हुन थालेपछि हामीले समन्वयकारी भूमिका निभाउँदै अभियानलाई निरन्तरता दिइरहेका छाैँ । हामी दिन रात नभनी अक्सिजन व्यवस्थापनमा लागिरहेका छाैँ । संघका निवर्तमान अध्यक्ष नारायण भुषालले बताए ।

त्यस्तै संघका पूर्व अध्यक्ष हेमराज बञ्जाडेले अक्सिजनकाे अभावमा छटपटाइरहेका विरामीलाई अक्सिजन उपलब्ध गराउने अभियानमा सहयाेग पुर्‍याउन सबैलाई आग्रह गरेका छन् ।

अक्सिजन आपूर्तिकाे अभियानलाई थालेका अभियन्ता सुरज बुढाथाेकी पनि निरन्तर खटिरहेका छन् । उनले भने, ` हामीले सकेसम्म अक्सिजन उपलब्ध गराउन लागिपरेका छाैँ, नयाँ सिलिन्डर तथा अक्सिजन रिफिल गरेर व्यवस्थापन गरिरहेका छाैँ । थुप्रै सहयाेगी दाताहरूकाे सहयाेगले हाैसला मिलेकाे छ । याे मानव सेवामा सबै सँगै यात्रा गर्न जरूरी छ ।´

संघले अक्सिजन आपूर्ति तथा व्यवस्थापनका लागि अध्यक्ष टंकसिंह बुढाथोकी , निवर्तमान अध्यक्ष नारायण भुषाल, पूर्व अध्यक्ष हेमराज बञ्जाडे, महासचिव महेन्द्र बुढाथाेकी र सामाजिक अभियन्ता सुरज बुढाथाेकीलाई जिम्मेवारी दिएकाे छ ।

साच्चिकै इच्छाशक्ती हुने हो भने जस्तो सुकै संकटकालीन अबस्थामा पनि दाङ जिल्ला उद्याेग वाणिज्य संघले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने रहेछ भन्ने अहिलेको यो अक्सिजन आयात तथा बितरण अभियान नै यसको ज्वलन्त उदाहरण बनेको छ। राज्य र स्थानीय सरकार पनि अलमल भएको यो महामारीको अबस्थामा साच्चिकै उधोग वाणिज्य संघले आमनागरिक राज्यलाई नै ठूलो गुण लगाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्