बुद्ध जन्मस्थलबारेका गलत तथ्य कतिपय देशका पाठ्यक्रममा सच्याउनुपर्छः प्रधानमन्त्री – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

बुद्ध जन्मस्थलबारेका गलत तथ्य कतिपय देशका पाठ्यक्रममा सच्याउनुपर्छः प्रधानमन्त्री

    मा प्रकाशित

जेठ १२, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याउन ध्यानाकर्षण गराउनुभएको छ ।

 

दुई हजार ५ सय ६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा एकसन्देश जारी गर्दै उनले उक्त आग्रह गर्नुभएको हो ।

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र मत्वपूर्ण रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्