सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बस्दै – Kanika Khabar
Friday, March 29Nepali News Portal

सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बस्दै

    मा प्रकाशित

जेठ १२, सुर्खेत ।
सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक आज बस्दै छ। यसअघि हिजो बस्ने भनिएको बैठक पार्टीको आन्तरिक विवादका कारण स्थगित भएको थियो ।

बिहान साढे आठ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा छलफल हुने छ। सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यसअघि एमालेको दुई पक्षबीच सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा सहमति हुन नसक्दा हिजोको बैठक स्थगित भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा एमालेको माधव नेपाल पक्ष बलियो छ । प्रदेश सरकारमा रहेका एमालेबाट प्रतिनिधित्व गर्ने तीन जना नै माधव पक्षका छन् । यस्तो अवस्थामामाओवादी केन्द्र भने सकेसम्म सत्ताजोगाउने प्रयासमालागेको छ । सीआईएनसँगकुरा गर्दै माओवादी केन्द्रकातर्फबाट प्रदेश सरकारमा सहभागिभूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री, मन्त्री विनितादेवीचौधरीले एमालेको औपचारिक निर्णयपछि औपचारिक रुपमा छलफल गर्ने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्