मानवता र सद्भाव कायम गरौँ : नगर प्रमुख पाण्डे – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मानवता र सद्भाव कायम गरौँ : नगर प्रमुख पाण्डे

    मा प्रकाशित

जेठ १२, दाङ ।

तुलसीपुर उपमहानरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सबैमा मानव सेवा, शान्ति, सद्भाव, समधुरभाव र मानविय एकताको शुभकामना दिनुभएको छ । २५६५ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिनुहुँदै नगर प्रमुख पाण्डेले कोभिड–१९ विरुद्धको कठिन संघर्षमा उभिएको बताउँदै कोरोना विरुद्धको संघर्षलाई सार्थक बनाउन निधेषाज्ञाको पूर्णरुपमा पालना गरेर घरमै सुरक्षीत बस्न आग्रह गर्नु भएको हो ।

बढ्दो कोरोना महामारी संक्रमण रोक्न र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन स्थानीय सरकार लागि परेको बताउँदै संकटको घडिमा हरेक तह र तप्काबाट मानव सेवामा सहयोग पु¥याउने सबै नागरिक प्रति नगर प्रमुख पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

संक्रमण रोक्न, संक्रमितको आत्मबल बढाउन र उपचारलाई प्रभावकारी बनाउन सबैले सहयोगीभूमिका खेलौं । यस अवसरमाकोभिड—१९ नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक, एवम् अग्रमोर्चामा खटिएका सबैप्रति म उच्च सम्मान व्यक्तगर्दछु शुभकामना सन्देशमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्