गोरखा तुलसीपुरद्वारा अक्सिजन व्यवस्थापनका लागि १ ला ५१ हजार मेट्रो अस्पताललाई सहयोग – Kanika Khabar
Friday, April 19Nepali News Portal

गोरखा तुलसीपुरद्वारा अक्सिजन व्यवस्थापनका लागि १ ला ५१ हजार मेट्रो अस्पताललाई सहयोग

    मा प्रकाशित

१२ जेठ , दाङ ।
गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले अक्सिजन खरिद र व्यबस्थापनकालागि १ लाख ५१ हजार आर्थिक सहयाग गरेको छ । बुधबार तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पताल तुलसीपुरलाई एक लाख ५१ हजार आर्थिक सहयोग गरिएको हो ।

एकलाख २५ हजार अक्सिजन प्लान्ट निर्माणकालागि र २६ हजार तत्काल अक्सिजनको व्यबस्थापन गर्नकालागि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई प्रदान गरिएको हो ।

स्कुल व्यबस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जीसी, गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा बहादुर केसी, प्रिन्सीपल विजय जीएम, सल्लाहकार विमल रिजाल, विज्ञान संयोजक विष्णु भण्डारी, व्यबस्थापन शंकाय संयोजक डम्बर डाँगी, बामदेव सापकोटा, दिलप्रसाद रोकालगायतको सहभागितामा सोही रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा एकाडेमिक डाईरेक्टर केसीले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरिएको बताए । मुलुक अहिले कोरोनासंग जुधिरहेको अबस्थामा सबैले हातेमालो गर्नुपर्ने भन्दै आफूले सक्दो सहयोग गरेको बताए । विद्यालयले लामो समयदेखि बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई जारी राख्ने समेत उनको भनाई थियो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले हरेक क्षेत्रबाट आएको सहयोगले नै अस्पताल सञ्चालनमा थप सहयो भएको बताए । उनले सहयोग प्राप्त भएको रकम तथा सामग्रीहरुलाई सही सदुपयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्