वडाध्यक्षद्वारा व्यक्तिगत खर्चमा राहत वितरणको घोषणा – Kanika Khabar
Friday, April 19Nepali News Portal

वडाध्यक्षद्वारा व्यक्तिगत खर्चमा राहत वितरणको घोषणा

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, १२ जेठ ।

लकडाउनका कारण प्रभावित परेका अति विपन्न घर परिवारलाई निशुल्क राहत स्वरूप खाद्यान्न वितरण गरिने भएको छ ।

 

दाङको गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष एवम् प्रवक्ता बाबुराम अधिकारीले लकडाउने प्रभावित परेका अति विपन्न समुदायलाई व्यक्तिगत खर्चमा निशुल्क राहत स्वरूप खाद्यान्न वितरण गर्ने घोषणा गर्नुभएको हो ।

 

उहाँले चौधवटा गाउँका थारू, कुमाल, मगर, दलित लगायतका जनजातिहरूको बसोबास गर्दै आएका र दिनहुँ काम नगरि छाक टार्न समस्य झेल्दै आएका घरपरिवारलाई निशुल्क राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।

 

‘लकडाउनको कारण अति प्रभावित भएका व्यक्तिको पहिचान गरि राहत स्वरूप निशुल्क खाद्यान्न वितरण गर्ने र जोतभोग गर्ने जमिन नभएका व्यसहारा घर परिवारलाई राहत स्वरूप परिवार संख्याको आधारमा चामल, नुन, तेल, दाल लगायतका खाद्यान्न वितरण गरिनेछ । टोल समुदायमा त्यस्ता घरपरिवार भएमा मेरो मोः नं. ९८६७४४८०१६ सम्पर्क गर्न आग्रह गर्दछ, उहाँले भन्नुभयो ।

 

त्यस्ता व्यक्ति सम्पर्कमा आएमा गाउँ बस्तीमा पुगि यथार्थ बुझेर त्यस्ता व्यक्तिको नामावली संकलन भएपश्चात स्वास्थ्य मापदण्ड पालना गरि राहत सामाग्री वितरण गर्ने वडाध्यक्ष अधिकारीले बताउनुभयो । वडाध्यक्ष अधिकारीले पहिलो चरण कोरोनाको लहरमा गतवर्ष दुई महिनाको गाउँपालिकाबाट पाउने सेवा सुविधा कटाएर खाद्यान्न वितरण गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्