कोरोना त्रास देखाउँदै सत्तामा टिक्ने खेल : काङ्ग्रेस – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोरोना त्रास देखाउँदै सत्तामा टिक्ने खेल : काङ्ग्रेस

    मा प्रकाशित

जेठ १२, दाङ ।
सरकारले जनतामा कोरोना भाइरसको ज्ञास देखाएर सत्तामा टिकिरहने खेलमा लागेको आरोप प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ओली आफ्नो सत्ता लम्ब्याउन जनता आतंकित हुने सूचना सार्वजनिक गराउन उद्यत भएको ठहर गरेको हो ।

बैठकमा सभापति देउवाले केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसलाई सरकारले बेवास्ता गरेको विषयमा पनि छलफल भएको थियो ।


काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञामा खाद्यान्न पसल पनि बन्द गर्ने र त्यसका लागि २ दिनभित्र खाद्यान्न जोहो गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि कांग्रेसले यसमा आपत्ती जनाएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्