पछिल्लो २४ घण्टामा दाङमा ८६ जनामा काेराेना पुष्टि, दाङमा १३३५ जना सक्रिय सङ्क्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा ८६ जनामा काेराेना पुष्टि, दाङमा १३३५ जना सक्रिय सङ्क्रमित

    मा प्रकाशित

जेठ १२, दाङ ।

पछिल्लो २४ घण्टामा  दाङमा  ८६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१५० जनाको स्वाब परीक्षण गर्दा ३८ जना महिला र ४८ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै बैशाख यता अहिलेसम्म ६ हजार ७ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज ६२ जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका ६२ जना जनासहित जिल्लामा ५ हजार २ सय १० जना संक्रमण मुक्त भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ३५ रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ हजार १ सय ८८ जना होम आईशोलेशनमा बसेका छन् ।
त्यस्तै अहिले १ सय ३२ जना विरामी सामान्य उपचारमा रहेका छन भने १५ जना आईसियुमा उपचारत रहेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्