दाङकाे तुलसीपुरमा स्कारपियाेले कारलाई ठक्कर दिंदा पत्रकार सुदीप गाैतम घाइते – Kanika Khabar
Thursday, April 18Nepali News Portal

दाङकाे तुलसीपुरमा स्कारपियाेले कारलाई ठक्कर दिंदा पत्रकार सुदीप गाैतम घाइते

    मा प्रकाशित

जेठ १२, दाङ ।

दाङकाे तुलसीपुरमा एक स्कारपियाेले ठक्कर कारलाई ठक्कर दिदा  पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष  सुदीप गाैतम घाइते भएका छन् ।

तुलसीपुर   उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा१च ९५५ नम्बरको स्कारपियोले प्रदेश ३–०१०२२च ९२२६ नम्बरको कारलाई दिएकाे हाे ।

पत्रकार गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

कारमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगायतको टोली चढेको थियो ।

पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किदै थियो । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्