चीन र नेपालका राष्ट्रपतिबीच टेलिफोन संवाद – Kanika Khabar
Friday, April 19Nepali News Portal

चीन र नेपालका राष्ट्रपतिबीच टेलिफोन संवाद

    मा प्रकाशित

जेठ १२, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको छ ।

आज दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कोभिड १९ बाट नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो दायित्व बनेको राष्ट्रपति भण्डारीले बताउनुभएको छ । नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न आफू इच्छुक रहेको भन्दै उहाँले यस प्रक्रियामा सहजीकरण गरिदिन चीनियाँ राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहिआएको र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्