कोरोनाको उत्पति र उत्दगम स्थलबारे अध्ययन गरी जानकारी गराउन आदेश – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोनाको उत्पति र उत्दगम स्थलबारे अध्ययन गरी जानकारी गराउन आदेश

    मा प्रकाशित

एजेन्सी ।

कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे अध्ययन गर्न गुप्तचर निकायहरुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले आदेश दिनुभएको छ । कोरोना भाइरसको उत्पतिबारे विवाद र आशङ्का बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिनभित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश दिनुभएको हो ।

आफ्नो अध्ययन क्षमता र गतिलाई दोब्बर बनाएर ९० दिनभित्र आफूलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्यमार्फत निर्देशन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
गएको महिना विश्व स्वास्थ्य संगठनले चिनियाँसहित अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट कोरोनाभाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना अतिदुर्लभ रहेको बताएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्