आज भएकाे सुनुवाइका रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज भएकाे सुनुवाइका रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार

    मा प्रकाशित

जेठ १३, दाङ ।

संसद् विघटनविरूद्धकाे आज भएकाे सुनुवाइका रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।

संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ ।

बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल ईजलासले रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।

 

अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्