पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ७,२२६ जना मुक्त – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ७,२२६ जना मुक्त

    मा प्रकाशित

जेठ १३, दाङ ।

वितेको २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ७,२२६ जना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित थपिदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।२० हजार ४१४ पीसीआर परीक्षण गर्दा ६७३१ र ५७८ एन्टिजेन परीक्षण गर्दा २०८ जना गरी जम्म ६,९३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।वितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्