बाँकेमा बाबुले गरे छाेराकाे हत्या – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बाँकेमा बाबुले गरे छाेराकाे हत्या

    मा प्रकाशित

बाँके, १३-जेठ ।

बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेक छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार वलीले नुहाउदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । छोरामाथि हतियार प्रहार गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्