स्वास्थ घुम्ती शिविर तुलसीपुरमा शुरु – Kanika Khabar
Friday, March 29Nepali News Portal

स्वास्थ घुम्ती शिविर तुलसीपुरमा शुरु

    मा प्रकाशित

विवेक खड्का 

दाङ, जेष्ठ १३ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि गैरसरकारी

संस्था बेस नेपाल तुलसीपुरले घुम्ती शिबिर सुरु गरेको छ ।

डाक्टर राजीब झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली गाउँ गाउँमा आज बिहिवार देखि खटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ टरिगैमा घुम्ती शिबिरको उद्घाटन गर्नुहुदै पुर्बराज्यमन्त्री एवम प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले  कोरोनाको भय त्रास र समुदायको लाजका कारण संक्रमनलाई लुकाएर राखेका ब्यक्ती र परिवारलाई घुम्ती शिबिरमा खटीएका स्वास्थ कर्मीले मनोपरामर्श पनि दिन र प्रारम्भीक उपचार गर्ने बताए । स्थानीय  सरकारलाई यो अबस्थामा हरेक क्षेत्रबाट सहयोगको जरुरी भएकोले स्थानीय सरकारसगकाे समन्वयमा घुम्ती स्वास्थ शिबिर गाउँमा खटिएको चाैधरिले बताए  ।

स्वास्थकर्मी टोलीको नेतृत्व गरेका डाक्टर राजीब झाले गाउँ बस्तीमा कोरोना पीडित ब्यक्तीले पेसिआर टेस्ट नगराउने र संक्रमन लुकाएर राख्दा झनै संक्रमनको भयाबह स्थीती आएको बताए । शिबिरमा ज्वोरो नाप्ने थर्मल गन,अक्सिजनको मात्रा चेक गर्ने अक्सो मिटरक्प प्रयोग गर्ने र अबस्थाको बिश्लेषन गरि आबस्यक औषधि निशुल्क रुपमा उपलब्ध गराईने छ ।  कोरोना संक्रमितको लक्षण देखिएका र अाशंका  लागेका लाई पीसिआर टेष्ट्का परामर्श दिईने डाक्टर झाले बताए  । डाक्टर  झाका अनुसार आज पहिलो दिन २५ जनाको स्वास्थ जाच गरिएको छ ।

आज नगर स्तरीय मनोपरामर्श समुहका संयोजक सुशी बस्नेत र सदस्य सचिब निर्मल नेपालीले मनोपरामर्श र उपचार बिधिका बारेमा  सुझाब दिएका थिए ।

बेस नेपालको आज देखि शुरु गरिएको घुम्ती शिबिरबाट पहिचान गरिएका बिरामीलाई एम्बुलेन्सबाट निशुल्क उद्दार गरि सम्बन्धि अस्पताल सम्म पुर्याउने ब्यबस्था गरिएको बेस नेपालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्