रिट निवेदनमाथि आइतबार पनि सुनुवाई हुने – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

रिट निवेदनमाथि आइतबार पनि सुनुवाई हुने

    मा प्रकाशित

जेठ १४, दाङ ।
प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा आजबाट सुनुवाइ सुरु भएको छ । आजका लागि रिटमाथिको सुनुवाइ सकिएको छ । रिट निवेदनमाथि आइतबार पनि सुनुवाई हुने संवैधानिक इजलासले जानकारी दिएको छ ।

प्रतिनिधिसभा विघटन सम्बन्धी करिब ३० वटा रिट संवैधानिक इजलासमा छन् । आजको सुनुवाइमा एक रिटमाथि निवेदकका तर्फबाट एकजनालाई बहस गर्न दिइएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुरुमा अभिवक्ताहरूलाई १५ मिनेटको समय तोकेपनि पछि घटाएर १० मिनेट मात्रै कायम गरेका थिए ।।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्