नेपालगञ्ज घटनामा संघबाट खेद प्रकट – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालगञ्ज घटनामा संघबाट खेद प्रकट

    मा प्रकाशित

बाँके, जेठ १४/
नेपाल चिकित्सक संघले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ ।

कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ ।

‘भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई मन्त्रिपरिषदको निर्णयअनुसार कडा भन्दा कडा कारवाही गरी देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कामबाट बिमुख हुने बाध्यात्मक परिस्थितिको सिर्जना नगर्न समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं’ महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

 

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको दिनलाई कालो दिन घोषणा गर्दै शुक्रबार कालोपट्टी बाँधेर काम गर्ने चिकित्सक संघले जनाएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमणजस्तो आपराधिक घटनामा संलग्नलाई कडा कारबाही गर्ने कानुन ल्याउन पनि चिकित्सक संघले माग गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्